स्थानीय जनप्रतिनिधिको कामबाट खुशी छन् चापाकोट नगरवासी

२०८० जेष्ठ ३२, बिहीबार १२:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङजा । (प्रेम नारायण रेग्मी) स्याङजाको चापाकोट नगरपालिकाले नगरभित्रको सडक मर्मतमा संलग्न कामदारहरुलाई चेक हस्तान्तरण गरेको छ । वडा नम्वर ८ मा एक कार्यक्रमको आयोजना गरि नगरपालिका प्रमुख देव बहादुर खाँण ‘ईश्वर’ले नगरभित्रको सडक निर्माणमा खटिईरहेका कामदारलाई चेक, आमा समुहलाई १०० प्रतिशत अनुदानमा ३२५ थान कुर्सी तथा कृषकका लागि ३३ थान बिषादी छ्याप्ने पम्प हस्तान्तरण गरेका हुन् ।

यस्तै नगरले पालिका भित्रका ३० विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिएको छ । नगरभित्र स्वास्थ्य बिमा सञ्चालन गर्ने वडा नम्वर ८ पहिलो वडा भएको वडाध्यक्ष टोपलाल न्यौपाने राजु ले जानकारी दिए । चापाकोट नगरपालिकाको करिब आधा भु भाग समथर छ भने आधा भाग डाडाँकाडाले ढाकेको छ । जम्मा १० वडा रहेको चापकोट नगरपालिकाभित्र स्थानिय जनप्रतिनिधिको निरन्तर लगावले नगरभित्र परिवर्तन देखिन थालेको छ ।

नगरको वडा नम्वर ८ भौगोलिक दृष्टिकोणले विकासका लागि सहज वडाको रुपमा चिनिन्छ । त्यसैले पनि अन्य वडा भन्दा सो वडामा तुलनात्मक रुपले विकासले गति लिएको छ । वडाले कुल बजेटको बरिव ८५ प्रतिशत रकम सडक स्तरोन्नतीमा खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा वडाका लागि छुट्याईएको ३५ लाख बजेटमध्ये करिव २५ लाख रुपैयाँ सडक स्तरोन्नतीमा खर्च गरिएको वडाध्यक्ष न्यौपानेले बताए । जसमा १४ किलोमिटर सडक ग्रावेल, नाली निर्माण तथा वर्षातमा पनि निरन्तर सञ्चालनमा ल्याउन सकिने सडक बनाईएको उनको भनाई छ ।

चापाकोट नगरले गौरवको रुपमा लिएको चापाकोट कृषि क्याम्पस पनि यसै वडामा अवस्थित छ । उक्त क्याम्पस छिट्टै बन्ने र चापाकोटको विकासमा लागि स्थानयि सरकारलाइृ स्थानीयले पनि सहयोग गर्न उनले नगरवासीलाई आग्रह गरे ।

जनप्रतिनिधिको कामबाट सन्तुष्ट भएको स्थानीयको भनाई छ । जुनसुकै पार्टीबाट निर्वाचित भएपनि विकासमा भने हातेमालो गरेको भन्दै स्थानीयले खुशी व्यक्त गरे भने आगामी दिनमा पनि सकारात्मक काम गर्न जनप्रतिनिधिलाई उनीहरुले सुझाव दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार