इनरुवामा बहुउद्देश्यीय सभाहल सञ्चालनमा

२०८० जेष्ठ २०, शनिबार १०:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा बहुउद्देश्यीय सभाहल तथा कभर्डहल सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गरेको उक्त सभाहल र कभर्डहल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको सभाहल तथा कभर्डहलको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले उद्घाटन गरे । रु ५३ लाखको लागतमा सभाहल निर्माण गरिएको हो । निर्माणमा प्रहरीले रु ३९ लाख ६९ बराबरको श्रमदान गरेको प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

सभाहलको क्षमता दुई सय ५० जना अटाउने रहेको छ । सभाहल चार महिनामा निर्माण सम्पन्न भएको हो । उक्त सभाहल जिल्ला प्रहरी कार्यालयको स्वीकृति लिएर सर्वसाधारण तथा अन्य सरकारी कार्यालयले समेत प्रयोग गर्न पाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार