
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनले आर्थिक वर्ष २०७९/८० का लागि ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । भदौ ३१ गते बसेको संचालक समितिको ४२८ औं बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.७९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । जसअनुसार वितरणयोग्य मुनाफाबाट आषाढ मसान्तको चुक्तापुँजी रु.१४,२००,९७४,००६ को ५.७९ प्रतिशतले हुने रु. ८२,२१,६१,६५२.९६ नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४५ हजारलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।