नविल बैंकले ल्यायो एकसाथ ३८ शाखा सञ्चालनमा, सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा बिस्तार

२०८० जेष्ठ १८, बिहीबार ०९:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नविल बैंकले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौँमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।

बैंकले नविल बैंक अब तपाईसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा बिस्तार गरिरहेको छ । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नविल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजीहरू प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए ।

अध्यक्ष पौडेलले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा बिस्तार गर्ने विषय सजिलो नरहेको बताए । सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने उनले बताए । अध्यक्ष पौडेलले अब बैंकिङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए । उनले अबको बैंकिङ आफ्नो लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको बताए ।

बैंक ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी वागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार