अहिलको अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको छः नेपाल राष्ट्र बैंक

२०७९ चैत्र २८, मंगलवार ११:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अहिलकोे अवस्थामा बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैंकले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको र अगामी दिनमा समस्या नआउने जनाएको हो ।

नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात १३ प्रतिशत माथि रहेको, खुद तरलता अनुपात २३ प्रतिशत माथि रहेको, खराब ऋण अनुपात २.६३ प्रतिशत मात्र रहेकोको बैंकले जनाएको छ । त्यस्तै बैंकले गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेपनि अहिले सुधार भइसकेको उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा तरलता सुधार हुँदै गएको भन्दै बजारले नै ब्याजदर निर्धारण गर्ने बताए । बैंकहरुको स्प्रेड दर घटाएर आम सर्वसाधारणलाई फाइदा पु¥याउने राष्ट्र बैंकको उद्देश्य रहेको भन्दै उहाले साना ऋणीहरुका लागि आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम लिन पाउने व्यवस्था रहेको जिकिर गरे ।

गभर्नर अधिकारीले लघुवित्तको समस्या समाधानको लागि उच्चस्तरिय कमिटी गठन गरिरहेको भन्दै यसको सुधारमा जानुपर्ने अवस्था देखिएको बताए । वर्तमान आर्थिक तथा वित्तिय स्थिीतिका बिषयमा जानकारी गराउदै राष्ट्र बैंकले विदेशी विनियम सञ्चिति थप बढ्दै गरेको उल्लेख गरेको छ । त्यस्तै चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो ।

अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो । सोही अवधिमा कुल वस्तु व्यापार घाटा १७ दशमलव नौ प्रतिशतले कमी आई रु ९ खर्ब ५३ अर्ब ५९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार