करापुटार पोखरा समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन

२०८० पुष १५, आईतवार १३:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा । ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

पोखरा अमरसिंहचोकमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाले समाजका अध्यक्ष बलराम घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रमको शभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि बास्तोलाले ईशानेश्वर र करापुटार क्षेत्रबाट पोखरा आएर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सुख दुखमा साथ दिन खोलिएको संस्थाले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गर्नु प्रसंशनिय रहेको बताए । उनले संस्थालाई आवश्यक पर्ने ठाउँमा आफ्नो सधै साथ रहने बताए ।

रक्तसंचार पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.१२ का सचिव महेश्वर अर्याल, मध्यनेपाल नगरपालिका वडा नं.७ का पुर्व वडाअध्यक्ष गगन घिमिरे, कुसुमाकर मावि करापुटारका प्रधानध्यापक ध्रुवराज घिमिरे लगायतको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय