मानसिक स्वास्थ्य सुदृढ बनाउन विभिन्न प्लस टु कलेजहरुमा कार्यक्रम गर्ने

२०८० पुष १४, शनिबार १५:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ब्याग्स अफ होप नामक संस्थाले काठमाडौंका विभिन्न प्लस टु कलेजहरुमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

संस्थाले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नितिस जोशीले कार्यक्रमले देशका युवापुस्तालाई मानसिक स्वास्थ्यमा अझै बलियो र अब्बल बनाउने कुरामा विश्वास लिएको बताए ।

कार्यक्रम त्रिभुवन विश्वाद्यालय शिक्षण अस्पतालमा कार्यरत डा. सुलभराज उप्रेतीको नेतृत्वमा समन्वय गरेर गरिँदैछ । कार्यक्रममा अनुभवी मानसिक स्वास्थ्यकर्मीद्वारा प्रशिक्षण दिइने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय