बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन बिभिन्न अस्पताललाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

२०८० जेष्ठ १९, शुक्रबार ०९:५५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रुपमा उपचार गर्ने व्यवस्था मिलाउन बिभिन्न अस्पताललाई निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रुपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिए । उनले गंगालाल अस्पतालमा रहेका उपकरणहरुको प्रयोग, विरामीलाई दिईने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिएका थिए भने उपचारका लागि आएका विरामीहरुसंग पनि कुराकानी गरेका थिए । उनले यसअघि दिएको निर्देशन अनुसार अस्पतालको सेवाको सुधार देखिएको बताए ।

बिभिन्न अस्पतालहरुमा गुणस्तरिय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको उनले बताए । मन्त्री बस्नेतले सरकारी र नीजि अस्पतालको उपचारको सेवा शुल्कमा एकरुपता ल्याउन पहल गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार