फ्रान्सद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा, राष्ट्रपति म्याक्रोनले सेप्टेम्बरमा कदम चाल्ने

२०८२ श्रावण ९, शुक्रबार ११:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फ्रान्स। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने ऐतिहासिक घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले मध्यपूर्वमा दिगो शान्तिका लागि यो निर्णय लिएको बताउँदै सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा यसलाई औपचारिकता दिइने जानकारी दिएका छन्।

राष्ट्रपति म्याक्रोनले गाजामा तत्काल युद्धविराम, मानवीय सहायताको पहुँच र सबै बन्धकहरूको रिहाइको माग पनि दोहोऱ्याएका छन्। उनले भविष्यको प्यालेस्टिनी राज्यले आफ्नो निःशस्त्रीकरण स्वीकार्दै इजरायललाई पूर्ण मान्यता दिनुपर्नेमा जोड दिए, जसले सबैका लागि सुरक्षा सुनिश्चित गर्ने उनको भनाइ छ।

फ्रान्सेली विदेश मन्त्रालयले राष्ट्रपति म्याक्रोनको पत्र प्यालेस्टिनी प्राधिकरणलाई हस्तान्तरण गरिएको पुष्टि गरेको छ। प्यालेस्टिनी प्राधिकरणका उपाध्यक्ष हुसेन अल शेखले म्याक्रोनको पत्रप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार