एमाले महाधिवेशनमा प्रचण्ड, माधव नेपाल र देउवा नजाने

२०८२ मंसिर २७, शनिबार १३:११ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीनै जना उद्घाटन समारोहमा सहभागी नहुने भएका हुन् ।
एमालेको महाधिवेशन उद्घाटन समारोह केहीबेरमा भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ ।
कांग्रेस सभापति देउवाले आफ्नो सट्टामा शुभकामना दिनका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाउने भएका छन् ।
एमालेले उद्घाटन समारोहमा नेपाली कम्युनिष्ट पार्टी, कांग्रेस, रास्वपालगायत १६ वटा राजनीतिक दललाई आमन्त्रण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार