जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

२०८२ भाद्र २३, सोमबार १५:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गरेको छ । अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ ।

यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार