एमाले विधान महाधिवेशनको समूहगत छलफल सकियो, ओलीले आज जवाफ दिने

२०८२ भाद्र २२, आईतवार १६:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य सकिएको छ।सातवटा प्रतिवेदनमाथिको समूहगत छलफल सकिएपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको निष्कर्ष प्रस्तुत गरेका हुन् । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि निष्कर्ष प्रस्तुत गरिसकेका छन् ।

अब पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ । अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरिनेछ ।

आज नै समसामयिक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता छ । महाधिवेशन आज सकिने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार