सांसद हली, महिला गोरु: सर्लाहीमा वर्षा माग्ने अनौठो परम्परा

२०८२ श्रावण १३, मंगलवार १५:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । लामो समयदेखिको खडेरीले हैरान सर्लाहीको ईश्वरपुर नगरपालिकाका स्थानीयले पानी पार्नका लागि आफ्ना जनप्रतिनिधिलाई हलो जोताएका छन्।
ईश्वरपुर–९, रामनगरका बासिन्दाले मंगलबार संघीय सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई खेतमा लगेर हली बनाएका हुन्। यो स्थानीय थारू समुदायको पुरानो परम्परा हो, जहाँ खडेरी पर्दा गाउँका गन्यमान्यलाई हलो जोताएमा इन्द्र देवता खुसी भई वर्षा हुने विश्वास गरिन्छ।

अनौठो परम्परामा स्थानीय महिलाहरू गोरुको भूमिकामा थिए र उनीहरूले हलो तानेका थिए। मधेश प्रदेशमा लामो समयदेखि वर्षा नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ। कृषि विभागका अनुसार, गत वर्षको तुलनामा यस वर्ष मधेशमा ४०।१८ प्रतिशत कम रोपाइँ भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार