वाइडबडी प्रकरण: अख्तियार प्रमुख राईविरुद्ध राष्ट्रिय सभामा महाभियोगको माग

२०८२ श्रावण ११, आईतवार १७:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग लगाउनुपर्ने माग उठेको छ। आइतबारको राष्ट्रिय सभा बैठकमा सांसद कमला पन्तले वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतको फैसलालाई आधार मान्दै यस्तो माग गरेकी हुन्।

विशेष अदालतले वाइडबडी प्रकरणमा ‘चयनमुखी अभियोजन’ भएको भन्दै तत्कालीन नेपाल वायुसेवा निगमका अध्यक्ष रहेका राईको भूमिकामाथि प्रश्न उठाएको थियो।
बैठकमा बोल्दै सांसद पन्तले भनिन्, “निर्णय प्रक्रियामा संलग्न अन्यलाई मुद्दा चलाउने तर अध्यक्ष रहेका राईलाई उन्मुक्ति दिइनुले अख्तियारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ।” उनले यति गम्भीर विषयमा राई स्वयं वा सरकारले जवाफ दिनुपर्नेमा जोड दिँदै संसद चुप बस्न नहुने बताइन्।

यसैबीच, वाइडबडी प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गर्दै युवराज पौडेल नामक व्यक्तिले अख्तियारमै प्रमुख आयुक्त राईविरुद्ध उजुरीसमेत दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार