काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको वर्तमान महासचिव चन्द्रा (चन्दा) अधिकारीले आगामी २०२५-२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। उनले गुटभन्दा माथि उठेर साझा मञ्च बनाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेकी हुन्।
निर्वाचित भएमा उनी एनआरएनए क्यानडाको पहिलो महिला अध्यक्ष बन्नेछिन्। नेपाली भाषा, संस्कृति प्रवर्द्धन र भैपरी आउने समस्या समाधानका लागि आकस्मिक कोष वृद्धि गर्ने उनका मुख्य एजेन्डा छन्। स्याङ्जा स्थायी घर भएकी अधिकारी विगत १० वर्षदेखि क्यानडामा बसोबास गर्दै आएकी छन्। संघको निर्वाचन आगामी जुलाई २७ मा हुँदैछ।




