पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने हाम्रो उद्देश्य हो : मन्त्री पाण्डे

२०८२ जेष्ठ ८, बुधबार १७:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्। राष्ट्रिय सभामा बुधबार पर्यटन विधेयक २०८१ माथि भएको छलफलमा उठेका प्रश्‍नको जवाफ दिने क्रममा मन्त्री पाण्डेले आफू राम्रो ऐन बनाउनका लागि संशोधन गर्न तयार रहेको बताएका हुन्।

पर्यटन ऐनलाई राम्रो बनाउनका लागि राष्ट्रिय सभाले महसुस गरेको उल्लेख गर्दै उनले भने,‘दफावार छलफलका माध्यमबाट विधेयकलाई थप समृद्ध बनाउने छौं । समितिमा लगेर छलफल गर्नेछौं। मन्त्रीको तर्फबाट कुनै पनि जडता नराखीकन विधेयकलाई सदृढ बनाउनका लागि संशोधन गर्न तयार छौं ।’

यो विधेयक प्रणालीलाई बलियो बनाउने दायित्व बोध गरेर ल्याइएकोसमेत मन्त्री पाण्डेले बताए। पर्यटनमा निजी क्षेत्रलाई समेट्नका लागि निजी क्षेत्र मैत्री व्यवस्था पनि मिलाउनुपर्नेसमेत मन्त्री पाण्डेले बताएका छन्।

पर्यटकीय र सांस्कृतिक रुपमा सम्पन्‍न नेपाल दुनियाँभरको आस्थाको केन्द्रको रुपमा रहेको औंल्याउँदै उनले थपे ‘हामीले दुनियाँभरका मानिसहरुलाई नेपाल निम्त्याउनु पर्नेछ । हाम्रा कला र सम्पदाहरु अद्वितिय छन् । भूकम्पले ढलेका पुरातात्विक सम्पदाहरुलाई पनि उठाएका छौं । हाम्रा ढलेका सम्पदाहरु त्यही स्वरुपमा र कौशलमा बनेको देख्‍दा देशमा अरनिकोहरु पनि अहिले पनि छन् भन्‍ने आभास भएको छ । ’

नेपाल पर्वातारोहण संघलाई व्यवस्थित गर्ने सन्दर्भमा गम्भीरताका साथ छलफल गर्न आफू खुला रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले बताए। त्यसैगरी अपांगता भएका मानिसहरुका लागि पनि उपयोग हुने र अपांगता भएका पर्यटकहरु पनि सहजरुपमा आवतजावत गर्नसक्‍ने संरचना निर्माण गर्नुपर्ने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय