शिवमले के ल्याउँदैछ ?

२०८२ जेष्ठ ८, बुधबार १७:०९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । गुणस्तरको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै नेपालमा सर्वाधिक रुचाइएको सिमेन्ट ब्रान्ड शिवम सिमेन्टले आफनो नयाँ क्याम्पेनलाई निकै फरक शैलीमा प्रस्तुत गरिरहेको छ ।

कुनै नयाँ सिनेमाको ट्रेलर जस्तै लाग्ने शिवम् सिमेन्टको विज्ञापन हो वा यसले कुनै नयाँ सिनेमा नै ल्याउन लागेको हो भन्ने कुरा छुट्याउन गाह्रो पर्ने कम्पनीले जनाएको छ । टिजर हेर्दा कुनै थ्रिलर वेब सिरिजको हो भन्ने पनि लाग्छ ।

स्मरण रहोस् आफ्ना उपभोक्तालाई सुसूचित गर्नका लागि शिवम् सिमेन्टले विगतदेखि नै थुप्रै नवीन अवधारणा ल्याउँदै आएको छ । जसको उदाहरणका रूपमा विगतको नो कम्प्रोमाइज भन्ने विज्ञापन क्याम्पेनलाई पनि लिन सकिन्छ । जसमा आफ्नो अधिकार, आफ्नो दायित्वजस्ता कुरामा कहिल्यै सम्झौता वा कम्प्रोमाइज गर्नु हुँदैन भन्ने सन्देश दिइएको थियो ।

शिवम् सिमेन्टका विज्ञापनहरूमा केवल प्रोडक्टको कुरामात्र गर्नेभन्दा पनि सामाजिक मुद्दाहरूमा आवाज बुलन्द गर्ने शैली देख्न पाइन्छ । आशा गरौं, अब पनि कुनै विशेष विज्ञापन सहित शिवम्ले आफ्नो प्रोडक्टसँगै सिर्जनात्मकतामा पनि नयाँ उचाइ थप्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय