प्राधिकरणले दैनिक २०० मेगावाटसम्म बिजुली भारतलाई बेच्दै

२०८२ जेष्ठ ८, बुधबार १६:५१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । खोलानालामा पानीको बहाब बढेसँगै नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ। गत शनिबारदेखि विद्युत निर्यात सुरू गरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारका अनुसार दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत भारत निर्यात भइरहेको छ। रातको समयमा खपत नभएको विद्युत भारत निर्यात गरेको प्राधिकरणको भनाइ छ।

नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ। इन्डियन एक्सचेन्ज मार्केटबाट बिहान र दिउँसोको समयमा खरिद गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय