काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मुल्य तोलामै २४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
सोमबार छापावाला सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो। विगत तीन दिनदेखि सुनको मुल्य लगातार घटिरहेको छ। आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ। सोमबार प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय २५ रुपैयाँ छ।