मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता

२०८० फाल्गुन १५, मंगलवार १६:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरुले भृकुटीमण्डबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो ।

सरकारले उनीहरुको न्यायोचित माग र मुद्दालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने र समस्या समाधानमा तदारुकता जनाउनु पर्ने जसपाको माग रहेको छ । पार्टीका कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरु ऐक्यबद्धता जनाउन आन्दोलनमा सहभागी हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय