नेपाल सरकारको उत्कृष्ट महिला उद्यमीबाट नगद रु १ लाखसहित सौन्दर्यकर्मी गुरुङ्ग सम्मानित

२०८० जेष्ठ १७, बुधबार ०६:०३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ।  वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशबाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठमाडौँमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद रु १ लाख रुपैयाँ रहेको छ ।

महिलाहरु पनि आत्मनिर्भर हुनु पर्छ भन्दै २०५२ सालदेखी सौन्दर्यकर्मको संघर्षमा निस्केकी चिनुले आजका मिती सम्ममा तीन हजार भन्दा वढी गृहिणी तथा युवायुवतीहरुलाई आवस्यकता अनुसार निशुल्क र सशुल्क तालिम दिई सकेकी छन् । सौन्दर्यको वजारमा एक हजार भन्दा वढी त अहिले उनैको तालिम मार्फत् प्रेरणा पाएर स्वरोजगार भएका छन् । जसमा ७ हजार भन्दा वढीले स्वदेश तथा बिदेशमा रोजगार पाएका छन् ।

सुरुवाती अवस्थामा पोखराको पृथ्वीचोकवाट व्यवसाय संचालन गरेकी चिनुले हाल गुरुङ्ग व्यटिपार्लर एण्ड एकेडेमी प्रा लिको रुपमा पोखराकै न्यूरोडमा मुख्य कार्यालय वनाएर संचालन गरेकी छन् भने पोखरा भित्र र प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गरि सेवा दिने र तालिम प्रदान गर्ने काम गरेकी छन् । उनि नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको महिला अध्यक्षका रुपमा रहेकी छन् भने थुप्रै सामाजिक संघसस्थामा रहेर समाजसेवामा पनि आवद्ध छन् ।

सम्मानपछि वोल्दै गुरुङ्गले भनिन्–“सौन्दर्य व्यवसायलाई पुस्तान्तरित व्यवसायका रुपमा विकास गरिनु पर्छ । महिलाहरु अव सधै माग्ने मात्रै होईन दिने हैषियतमा आफुलाई विकास गर्नु पर्छ ।” नेपाली वस्तुको उत्पादन गरि आयात प्रतिस्थापन गर्ने अभियानमा रहेकी चिनु स्वरोजगारलाई देश समृद्धिको आधार मान्ने गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार