इन्जिनियर कमल जैशीको धन्दा : सेटिङमा ठेक्का काम भने अलपत्र

२०७९ माघ १२, बिहीबार १०:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं । कमल जैशी, पूर्वाधारको क्षेत्रमा नयाँ नाम होइन। तिन दशक सम्म सरकारी सेवा बाट निवृत भैसकेपछि अहिले परामर्श सेवामा आवद्द छन्। आफुले जानेको सिप, राष्ट्र निर्माणमा खर्च गर्नु सराहनीय कार्य हो। पावर, पहुच र प्रलोभनको प्रभावमा काम हत्याउने र टाल्टुल गरेर बुझाउने,भुक्तानी लिएपछि गायव हुने उनको नयाँ आदत भने होइन। टिम बिना नै एक जना इन्जिनियरको भरमा अफिस चलाइरहेका उनी मात्रै डिपिआर बिचौलियाका रुपमा काम गरिरहेका छन्।

यस्तै कामको सिकार बनेको छ, शुक्लागण्डकी नगरपालिका, तनहुँको एउटा सडक पुल। आर्थिक वर्ष २०७५\०७६ मा विस्तृत अध्ययन प्रतिवेदन तयार गरि Amogia Technologies Pvt . Ltd , Basundhara ,Kathamandu ले शुक्लागण्डकी नगरपालिका बाट करिव आठ लाख पचास हजार भुक्तानी लिइसकेको थियो। त्यसको ठिक दुई वर्ष पछि सोहि पुलको ठेक्का खोल्न भनि Design Review गर्दा,प्राप्त Hydrology Dataसमेत नहेरिकन,सानो पुल भए हुने ठाउमा २५ मिटर जति लामो पुल डिजाइन गरि बुझाएको पाइएको छ।

जहाँ प्राविधिकहरुले १५.१६ मिटर लम्काईको पुलले काम चल्ने बताउँछन् । प्रति मिटर पुलको खर्च १२ लाख देखि १५ लाख लागत आउछ। यसले गर्दा राज्यलाई १.५ करोड सिधा नोक्सान हुने देखिन्छ। त्यस्तै नियतको सिकार बनेको छ तिन खोले मोटर मार्गको कुम्ले खोला सडक पुल।
डिजाइन मिलेन भनेर पटक पटक ताकेता गर्दा , हुन्छ हुन्छ भन्ने , काम नगर्ने र विभिन्न बाहना बनाउदै उम्किने गरेका छन् कमल जैशी। जसले गर्दा काम अगाडि बढ्न सकेको छैन भने त्यो भेगका जनताहरु सेवा पाउन बाट बन्चित हुदैँ आएका छन्। यसमा स्वयम शुक्लागण्डकी नगरपालिका समेत निरिह जस्तो बनेको छ।

नगरपालिकाले नियोजित तवरबाट ठगी धन्दा गर्ने कमल जैशी जस्ता इन्जिनियरलाई एउटा पत्र थमाएर स्पष्टिकरण सोध्न समेत नसक्नुले कमल जैशी र शुक्लागण्डकी नगरपालिका बिच पनि मिलेमतो हुन् सक्ने अनुमान सहजै गर्न सकिन्छ।

यसले गर्दा नगरपालिकाका प्रमुख र इञ्जिनियर कमल जैशी बिच मिलेमतोमा त काम भएको छैन भन्ने संका व्यापक उव्जिएको छ । अझ गम्भिर कुरा त के छ भने, जनताको जीवन र राज्यको लगानी संग जोडिएको संरचना संग, Stucture Engineering मा मास्टर्स डिग्री गरेको मान्छेले  मात्रै डिजाइन गर्नु पर्ने ठाउँमा, B. E सिभिल पढेको प्रकाश गजुरेल जो काम सिक्दै गरेको इन्जिनियरलाई बल्ल तल्ल डिजाइन गर्न पठाएको बुझिएको छ।

डिजाइन चेक नगरिकन भुक्तानी गर्ने शुक्लागण्डकी नगरपालिकाका प्राविधिक तारापति भट्टराई र काम नै बिगारेर राज्यको करोडौ सम्पती र जनताको जिवन संग खेलवाड गर्ने परामर्श दातालाई कस्तो कार्वाही हुन्छ? आन्तरिक मिलेमतोमा कसरी महत्वपूर्ण योजना अलपत्र पारिन्छ भन्ने बिषयमा हामी निरन्तर फलोअप गर्ने नै छौ।

यति मात्रै होइन, सत्ता र शक्तिको दुरुपयोग गर्दै नितान्त प्रलोभनमा परेर, सार्वजनिक खरिद एन नियामावलीको समेत भद्दा मजाक उडाउदै, कम्तिमा तिन वटा र धेरैमा छ वटा सुचिकृत भएका परामर्श दाता कम्पनी दर्ता गर्ने र उनीहरु बिच प्रतिस्पर्धा गराएको कागजी रुपमा देखाउने र आफ्नै कम्पनीलाई नियोजित रुपमा ठेक्का पार्ने गरेको पाइएको छ।

यसको ज्वलन्त उदाहरण हो, प्रादेशिक सडक डिभिजन कार्यालय, धादिंग बाट कमल जैशीको नाममा रहेको दुई वटा कम्पनी Amlogia Technologies Pvt . Ltd र Procon Solution Pvt.Ltd हो भने जैशीकै धर्मपत्नी गंगा पराजुलीको नाममा रहेको Roshan Consulting Engineers Pvt.Ltd ले आर्थिक वर्ष २०७७\०७८ मा तिन वटा काम गरेको पाइएको छ।

स्रोतका अनुसार ३० देखि ३५ % सम्मको कमिसनको खेल रहेको जानकारी समेत प्राप्त भएको छ। वातावरण अध्यनको एउटा समेत कामको अनुभब नभएको कम्पनीले आधारमा प्राविधिक प्रस्ताव पास भयो र सोहि प्रकृतिको ठेक्का पर्यो भन्ने कुरा सोचनीय छ। यी तिन वटा कम्पनि संग कागजी रुपमा प्रतिस्पर्धा गरेको भनि देखाएको कम्पनी पनि आफ्नै निकटका व्यक्तिको हुन् सक्ने प्रष्ट छ।

निकट मानिएका कम्पनीका संचालकलाई उनीहरुको कम्पनि सुचिकृत भएको र आर्थिक तथा प्राविधिक प्रस्ताव माग भएको भन्ने समेत पत्तो नभएको सुचना स्रोत बाट प्राप्त भएको छ। यसबाट पनि प्रष्ट हुन्छ कि, कमल जैशी नै यो सेटिङ एक्ला ठेकेदार हुन्। जसले शुक्लागण्डकी नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सम्म मिलेमतो गरेर राज्यको सम्पतिमा लुटको धन्दा चलाइरहेका छन्।

Roshan Consulting Engineers Pvt.Ltd
Contract ID: PRDODHA/CS/RFP/04/2078-79

Amlogia Technologies Pvt.ltd
Contract ID: PRDODHA/CS/RFP/05/2078-79

Procon Solution Pvt.ltd
Contract ID: PRDODHA/CS/RFP/06/2078-79

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार