पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् तपाईंको राशिफल, सात राशिहरुको लागि निकै राम्रो छ आज

२०८० पुष १३, शुक्रबार १०:३८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मेष
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ र सफलता मिल्नसक्छ ।

मिथुन
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । व्यवसायमा सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक यात्राको योग रहेको छ ।

सिंह
आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

तुला
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । पहेँलो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ ।

धनु
मन भावुक र उत्ताउलो बन्नसक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुने र प्रेममा मनमुटाव पनि आउला ।

कुम्भ
आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्ने र शुभ कार्यको योजना बन्नेछ ।

बृष
मन प्रसन्न रहने र मनमा शान्ति मिल्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ ।

कर्कट
आज प्रेम जीवन सुखद् रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

कन्या
आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । सामाजिक कार्यमा सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।

बृश्चिक
सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर
आज रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । कृषि कार्य अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ ।

मीन
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार