फिल्म ‘जिरो’ को सेटमा शाहरुख र निर्देशक आनन्द एल रायबिच झगडा

२०८० माघ ३, बुधबार १६:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मुम्बई । बलिउड अभिनेता शाहरुख खानका लागि सन् २०२३ फलिफाप साबित भयो । तर सन् २०२३ अघि उनका लागि केही समय समस्याग्रस्त बन्यो । उनको व्यक्तिगत जीवनसँगै व्यावसायिक जीवन पनि समस्याले घेरिएको थियो ।

शाहरुखको फिल्म ‘जिरो’ सन् २०१८ मा रिलिज भएको थियो । यो फिल्मलाई दर्शकले उल्लेख्य मन पराएनन् । अहिले आएर यो फिल्मको बारेमा नयाँ तथ्यको खुलासा भएको छ । समाचारअनुसार, फिल्मका निर्देशक आनन्द एल रायसँग शाहरुखको फिल्मको सेटमा झगडा भएको थियो । यसको खुलासा स्वयम् आनन्दले गरेका छन् ।

यो फिल्म बक्सअफिसमा फ्लप भए पनि फिल्मका केही दृश्य सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए । ‘फिल्म जिरोलाई लिएर कैयौं पटक शाहरुख र मबीच झडप भएको छ । फिल्ममा शाहरुखले यति धेरै पैसा किन लगाइरहेका छन् भन्ने लाग्थ्यो । एक–एक सीन पाँच पटकसम्म खिचिएको थियो । शाहरुख रिस्क लिने व्यक्ति हुन् । फिल्म ‘जिरो’ शाहरुखको ड्रिम प्रोजेक्टमध्ये एक थियो । फिल्म राम्रो बनाउनका लागि पनि झगडा पथ्र्यो’, आनन्दले भनेका छन् ।

यो फिलममा अनुष्का शर्मा र कटरीना कैफको पनि अभिनय थियो । फिल्म ‘जिरो’ फ्लप भएपछि शाहरुखले ठूलो पर्दाबाट लामो ब्रेक लिएका थिए । यसपछि सन् २०२३ मा शाहरुखका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ दर्शकमाझ आए । संयोगबस् तीनै फिल्म हिट भए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार