पूर्व मिस नेपाल खतिवडाले हावर्ड विश्वविद्यालयबाट पूरा गरिन् स्नातकोत्तर

२०८० जेष्ठ १५, सोमबार १०:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ।  पूर्व मिस नेपाल शृंखला खतिवडाले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेकी छन्। आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै आफूले स्नातकोत्तर उत्तीर्ण गरेको जानकारी दिएकी छन् । उनले लेखेकी छन् ‘मैले ग्राजुएसन गरे‌। अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,’ । उनले परिवारको साथ/सहयोगले आफूले पढाइ पुरा गर्न सकेको बताएकी छन्।

ग्राजुएसन समारोहमा सहभागी हुन उनका बुवाआमा अमेरिका पुगेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार