नेविसंघ बन्यो स्वायत्त, अब कांग्रेससँग रहनेछैन कुनै सम्बन्ध

२०८२ चैत्र ६, शुक्रबार १८:५२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठनका रुपमा रहेको नेपाल विद्यार्थी संघले स्वायत्तता अपनाएको छ । शुक्रबार काठमाडौंमा बसेको नेविसंघ सिनेट बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णयअनुसार नेपाल विद्यार्थी सघं अब नेपाली कांग्रेस मातहत नरहेर बिशुद्ध विद्यार्थीको हकहितमा केन्द्रित स्वतन्त्र सस्थाका रुपमा रहनेछ ।

नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहेपनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने गरी नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पारित गरेको हो ।

‘नेपाल विद्यार्थी संघका कार्यबाहक अध्यक्ष नारायण पाण्डेले बदलिदो समय अनुसार विद्यार्थी आन्दोलनमा पनि सुधार जरुरी रहेकाले लामो छलफलबाटै यस्तो निर्णयमा पुगेको बताए । उनका अनुसार सिनेट बैठकले नेविसंघमा संस्थागत सुधारको ढोका खुलेको छ । अब पार्टीप्रति सैद्धान्तिक समर्थन रहेपनि कार्यप्रणाली स्वायत्त रहनेछ ।

वाणीप्रेससँग कुरा गर्दै उनले पार्टीको भ्रातृसंस्थाका रुपमा रहँदा विद्यार्थी संगठन र आन्दोलनप्रति नै प्रश्न उठ्न थालेको भन्दै लोकतान्त्रिक मूल्य मान्यताप्रति ऐक्यवद्ध रहँदै विद्यार्थीहरुको विवेकअनुसार चल्ने संस्थाका रुपमा नेविसंघलाई अगाडि बढाउन खोजिए बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार