जेनजी आन्दोलनका घाइतेहरूले बुझाए गृहमन्त्रीलाई ज्ञापन

२०८२ आश्विन ५, आईतवार १७:१५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूले पछि गएर गृहमन्त्री ज्ञापनपत्र बुझाएका हुन् ।
यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार