जेनजीका दुई समूहबीच सैनिक मुख्यालय अगाडि झडप

२०८२ भाद्र २६, बिहीबार १६:०१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जेनजीका दुई समूहबीच बिहीबार झडप भएको छ । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयअगाडि भेला भएका उनीहरूबीच झडप भएको हो । जेनजीको एक समूहले अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको थियो ।

अर्को समूहले जेनजी पुस्ताबाट नै नेतृत्वका निम्ति तयार हुनुपर्नेमा जोड दिइरहेको छ । अर्को एउटा समूह भने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पक्षमा छ ।

त्यही विवादबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार