१० करोडको बैंकिङ कसुरमा गुण्डा नाइके राजु गोर्खाली पक्राउ

२०८२ भाद्र १, आईतवार १४:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ । गुन्डा नाइके भनेर चिनिने राजेन्द्रबहादुर गोर्खाली (राजु गोर्खाली) लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई बैंकिङ कसुरको आरोपमा चन्द्रागिरीबाट पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार, गोर्खाली १० करोड रुपैयाँभन्दा बढीको लेनदेनसम्बन्धी बैंकिङ कसुरमा पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

गोर्खाली यसअघि राजनीतिमा प्रवेश गर्ने प्रयासमा पनि थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनलाई नेपाली कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि सिफारिस गरेको थियो। यद्यपि, उनले अन्तिममा टिकट पाउन सकेनन्, जसकारण उनको सांसद बन्ने योजना विफल भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार