सुनसरी। सुनसरीको दुहबी नगरपालिका–४ मा दुई पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। निर्माणाधीन घरभित्र ती पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय दुहबीबाट टोली खटाइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए। उनका अनुसार ती पुरुषलाई हत्या गरी त्यहाँ फ्यालिएको हुनसक्ने अनुमान गरिएको छ।
हालसम्म दुवैको पहिचान खुल्न बाँकी रहेको र शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक बोलाइएको डीएसपी खतिवडाले बताए।




