काठमाडौं । काभ्रेपलाञ्चोकको अरनीको राजमार्ग दोललघाट खावा सडकाको लागि नयाँ ठेक्का आव्हान भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग दोललघाट खावा सडक आगामी १४ महिनामा काम सक्नेगरी बोलपत्र प्रकाशन गरेको हो । नेपाल सरकारबाट ४२ करोडको स्रोत सुनिश्चित भएको र १४ महिनाको अवधि तोकेर नयाँ बोलपत्र आव्हान भएको छ ।
सिमित निर्माण व्यवसायीहरुलाई मात्र सहभागीता गराउँने उद्देश्यले भक्तपुर सडक डिभिजन कार्यालयका कर्मचारी, क्षेत्रीय सडक डिभिजनका कर्मचारी सडक बिभागका कर्मचारी र केही ठूला निर्माण व्यवसायी लगायतको मिलेमतोमा सिमित निर्माण कम्पनीहरुले मात्र सहभागीता जनाउन पाउँने योग्यताको आधार सिमेन्ट वेस ४५६० राखेर ठेक्का प्रकाशन भएको छ । यसरी ठेक्का प्रकाशन हुँदै जाने र ठूला निर्माण व्यवसायीहरु मात्रले कामगर्दै जान दिने हो भने नेपालका लगभग ३० हजार साना निर्माण व्यवसायीहरु घरबार विहीन भई पलायन हुने अवस्था नआउला भन्न सकिदैन ।
हालै मात्र सडक डिभिजन कार्यालय भक्तपुरले प्रकाशन गरेको ठेक्का नं DROBKT/337011384/082/83/1 Improvement of Araniko Highway Dhulikhel Dolalghat Road Section NH34:Dhulikhel-Khawa Section -Ch:30+000-34+155.47Km को 2.4.2 (b) मा यस्तो सिमित निर्माण व्यवसायी मात्रको प्रविधिक छनौट हुनेगरी प्रायोजीत रुपमा प्रकाशन गरेको हो ।
यस बिषयमा विभिन्न स्थानबाट विरोध गुनासो आएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक डिभिजन कार्यालय भक्तपुरमा यस्ता गतिविधि गर्ने माथि कारवाही गर्न र स्वस्थप्रतिस्पर्धामा सहभागी हुनपाउँने मौलिक हक कुन्ठीत नगर्न आग्रह गदै पत्राचार गरेको छ । राज्यले निर्माण विकासमा छुट्याएको बजेट माथि खेलबाडगर्ने कर्मचारी र सम्बन्धित निर्माण व्यवसायी माथि राज्यले कारवाही नगर्ने हो भने स्थानीय जनता सडकमा उत्रन बाध्य हुने देखिन्छ ।
काभ्रेपलाञ्चोक हुँदै गादारी राजमार्ग जोडने यति ठूलो सडक माथि खेलबाडगर्ने कर्मचारी र निर्माण व्यवसायीहरुको मिलोमतोमा ४२ करोडको निर्माण कार्य अव पनि लथालिङग हुने र राज्यले चाहेको निर्माण विकासले राम्रो गतिपनि नलिने कर्मचारी र निर्माण व्यवसायीहरुकोले मात्र राज्यको बजेट माथि खेलबाढ गर्ने पक्का पक्कि देखिएको छ । यस्ता गतिविधिहरु नरोक्ने हो भने काभ्रेपलाञ्चोक हुँदै सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुगा लगायतका क्षेत्रका जाने यात्रुहरुल अझै धेरै सास्ती व्यहोर्नु देखिन्छ ।




