काठमाडौंं । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरू बिचको संयुक्त बैठक स्थगित भएको छ । सभामुख घिमिरेको कार्याव्यस्तताले ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।
सभामुख घिमिरेले आज ११ बजे बस्नेगरी प्रमुख सचेतकहरूसँग बैठक बोलाएका थिए । सभामुख देवराज घिमिरे संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा गडबडीबारे गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे संसद्मा रहेका दलहरूका प्रमुख सचेतकहरूसँग संयुक्त बैठक राखेका थिए ।
यस्तै छलफलमा प्रतिनिधिसभा बैठकको कार्यसूचीसहित विभिन्न प्रतिवेदनमाथि छलफल गर्ने बताइएको थियो ।




