एनएमबी बैंकको नाफामा ४६ प्रतिशतको छलाङ, कमायो ३ अर्ब २८ करोड

२०८२ श्रावण २७, मंगलवार ०९:५७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४६.२२ प्रतिशत बढि हो। अघिल्लो आवमा यस बैंकले २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेको छ। अघिल्लो आवमा बैंकको वितरणयोग्य नाफा ९ करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो ।

बैंकको सबैजसो आम्दानीमा वृद्वि भएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.६२ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत बढ्दा सञ्चालन मुनाफा ६४.४६ प्रतिशत बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ। बैकको चुत्ता पुँजी १८ अर्ब ३३ करोड ६७ लाख रहेको छ । जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा ३।७२ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार