मतदाता नामावलीमा हेराफेरीको आरोपमा राहुल गान्धी पक्राउ

२०८२ श्रावण २६, सोमबार १६:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । भारतको लोकसभामा प्रमुख विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् ।
मतदाता नामावलीमा लाखौंको संख्यामा हेराफेरी गएको आरोप उनी पक्राउ परेका हुन् ।

आयोगतर्फ मार्चपास गरिरहेका बेला गान्धीसहित केही विपक्षी सांसदलाई दिल्ली पुलिसले हिरासतमा लिएको हो ।
भोट चोरी गरेर निर्वाचन आयोगले भारतीय जनता पार्टी भाजपालाई जिताएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मार्चपास लोकसभामा विपक्षी नेता गान्धीको नेतृत्वमा निकालिएको थियो ।
यसअघि सबै सांसद धर्नामा बसेका थिए ।
उनले यसलाई एक व्यक्ति एक मतको लडाइ भन्दै मतदाता नामावलीमै सत्तापक्षले धाँधली गरेको राज्यसभाका विपक्षी सांसदले दिल्लीस्थित निर्वाचन आयोगको कार्यालयअगाडि जुलुस निकालेका थिए ।
मार्चपासमा प्रियंका गान्धीसहित समाजवादी नेतृ डिम्पल यादव,महुजा मोइत्रा, संजय राउतलगायत थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार