काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमाको निधन भएको छ। ६३ वर्षीया सरला राजवंशीको आइतबार बिहान विराटनगर महानगरापालिका-१४ स्थित घरमै निधन भएको हो ।
उनी केही समययता मुटु रोगकी बिरामी थिइन् ।उनको स्वास्थ्य अवस्था केही सातादेखि नाजुक बनेको थियो।सरला राजवंशी आफ्नो जीवनकालमा सामाजिक तथा धार्मिक कार्यमा सक्रिय रहँदै आएकी थिइन्।
क्रिकेट संघ अफ नेपाल (क्यान) ले समेत एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।




