काठमाडौँ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका दुई सांसदको संसदीय समिति हेरफेर भएको छ। सभामुख देवराज घिमिरेले मंगलबारको बैठकमा पेस गरेको प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेपछि सांसदहरू नागिना यादव र संगिता मण्डल धानुकको समिति परिवर्तन भएको हो।
प्रस्तावअनुसार, सांसद नागिना यादवलाई कानुन, न्याय तथा मानव अधिकार समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको छ।
यस्तै, सांसद संगिता मण्डल धानुकलाई भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट कानुन, न्याय तथा मानव अधिकार समितिमा ल्याइएको छ।




