बाँके, बर्दिया र दाङमा भीषण वर्षा, बाढीको जोखिम बढ्यो

२०८२ श्रावण २०, मंगलवार १५:४९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपालका तीन जिल्लामा भइरहेको वर्षा चेतावनीस्तरमा पुगेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वाअनुमान शाखाका अनुसार बाँके, बर्दिया र दाङका कम्तिमा ६ बेसिनमा चेतावनीस्तरको वर्षा भइरहेको छ ।

पश्चिम राप्ती बेसिनको कुसुम स्टेशन र सिक्टा (बाँके) तथा गङ्गडी स्टेशनमा वर्षाले चेतावनीस्तर छोइसकेको छ । यसैगरी राप्तीको मनपुर (बर्दिया), जलकुण्डी (दाङ) र बबई बेसिनको अम्बापुर स्टेशनमा पनि चेतावनीस्तरको वर्षा मापन भएको छ ।

पछिल्लो २४ घण्टामा बाँकेस्थित कुसुम स्टेशनमा १८०.४ मिलिमिटर सञ्चित वर्षा भएको छ । सिक्टा स्टेशनमा २११.८, मानपुर स्टेशनमा १७५, अम्बापुर स्टेशनमा २०७, गङ्गडीमा १४४.४ र जलकुण्डी स्टेशनमा २४८.२ मिलिमिटर वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर अधिकांश बदली भइरहेको जनाएको छ ।

विभागका अनुसार; आज राति पनि देशभर मौसम बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार