दाङ । दाङको तुलसीपुरमा आँगनमा खेल्दै गरेकी दुई वर्षीया शिशुको कुलोमा डुबेर मृत्यु भएको छ। सोमबार बेलुकी घरअगाडि खेल्ने क्रममा कुलोमा खसेकी शुष्मा बस्नेतलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
शव पोष्टमर्टमका लागि कोहलपुर अस्पतालमा राखिएको छ।




