काठमाडौं । बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादव रहेका छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा छोटेलाललाई शनिबार दिउँसो सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




