रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान सियारी गाउँपालिका-७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार दुई जनामध्ये बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
मृत्यु हुनेमा मायादेवी गाउँपालिका -७ का ६० वर्षीय राममिलन धवल रहेका छन् ।
यस्तै मोटरसाइकल चालक ३० वर्षीय विनोद धवल ९ छोरा० गम्भीर घाइते भएका छन् । उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




