स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा तीन घाइते

२०८२ श्रावण १८, आईतवार १३:३० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मकवानपुर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र ०३–००२ प १७४२ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेकी पैदलयात्रीलाई शनिबार ठक्कर दिई स्कुटर समेत अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

घाइते हुनेमा पैदलयात्री मनहरी गाउँपालिका ९ रजैयाकी ५० वर्षीया कान्छी लामा, स्कुटर चालक चितवन जिल्ला  खैरेनी नगरपालिका ९ बस्ने वर्ष २५ का सिरिल बस्नेत र स्कुटरमा पछाडि सवार चितवन राप्ती नगरपालिका ७ डडुवाकी अमृता पुलामी मगर रहेको प्रहरीको भनाइ छ।

घाइतेको उपचारका लागि भरतपुर पठाएको र स्कुटर इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार