अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

२०८२ श्रावण १८, आईतवार १०:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अछाम। अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन्।

थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ।

उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मंगलसेन पुर्‍याइएको थियो। थापा अचानक भएको बाघको आक्रमणमा परे पछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार