मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ परेका छन् बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिलाई आफ्नै श्रीमती ४० वर्षीया दुर्गालक्ष्मीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । घरमा कोही नभएको मौका छोपी घाँटी थिचेर श्रीमती दुर्गालक्ष्मीको हत्या गरेको आरोपमा मानबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका मानबहादुरले श्रीमती पक्षघातको बिरामी भई हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनावमा आई घाँटी थिची हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । त्यसपछि आफू झुन्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि प्रहरीको सम्पर्कमा आएको उनले बयान दिएका छन् ।
दुर्गालक्ष्मीको शव परीक्षणका निम्ति हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




