चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एक सैनिक घाइते भएका छन । हात्तीको आक्रमणबाट ३८ वर्षीय नन्दबहादुर सिंह घाइते भएका हुन् । स्रोतका अनुसार बुधबार बिहान राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको मचानबाट डिउटी सकेर कछुवानी पोस्टतर्फ फर्कँदै गरेका चार जना सैनिकलाई गोविन्दे हात्तीले आक्रमण गरेको थियो ।
सिंहमाथि आक्रमण गर्ने बित्तिकै सेनाले ३ राउन्ड हवाई फायर गरेको थियो । उनको रत्ननगर बकुलहर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
यसअघिपनी निकुञ्जको टोलीमाथि आक्रमण गर्न आएको मकुना हात्तीको सेनाले हानेको गोली लागेर मृत्यु भएको थियो ।




