ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित

२०८२ श्रावण १२, सोमबार १०:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाही ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित भएका छन् । अमेरिकाको न्युयोर्कमा आयोजित समारोहमा उनलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानित गरिएको हो ।

सम्मानित भएपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विश्वासप्रति आभार व्यक्त गरेका छन् ।

‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश(विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो । यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार