हात्तीको आक्रमणबाट दमकमा दुई जना महिला घाइते

२०८२ श्रावण ११, आईतवार ०९:४३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा । झापाको दमकमा आइतबार बिहान हात्तीको आक्रमणमा परेर दुई जना दिदीबहिनी गम्भीर घाइते भएका छन् । मर्निङ वाकका क्रममा दमक-१ की ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राईलाई हात्तीले आक्रमण गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, घर नजिकैको जङ्गलबाट एक्कासी निस्किएको हात्तीले बाटोमा हिँडिरहेका उनीहरूलाई सुँढले बेरेर लडाएको थियो। आक्रमणबाट दुवैको टाउको, हात, खुट्टा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइते दुवैको दमक अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये सुनिता राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आक्रमणपछि हात्ती पुनः जङ्गल पसेको थियो। झापाका विभिन्न सामुदायिक वन क्षेत्रमा बस्दै आएका हात्तीले बेलाबेलामा स्थानीय बासिन्दालाई आक्रमण गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार