काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरेका हुन्।
पुडासैनीले एक हजार ४८२ मत प्राप्त गरे। अर्का उम्मेदवार खरेलले नौ सय ७७ र खत्रीले ४९६ मत हात पारे। त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन्। सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्ष पदमा राममाया विष्ट थापा विजयी भएका छन्।
नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महशुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रतिक्रिया दिए। सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको उनको भनाइ छ।




