पार्टी एकतामा लाग्न भण्डारीको आह्वान, आफू पनि सक्रिय रहने संकेत

२०८२ श्रावण ९, शुक्रबार १६:४६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं। पूर्वराष्ट्रपति एवं नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले पार्टी कार्यकर्तालाई आन्तरिक एकता कायम राख्दै संगठन सुदृढीकरणमा लाग्न आह्वान गरेकी छिन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफू पनि पार्टी निर्माणमा निरन्तर लागिरहने र संविधानले आफूलाई राजनीति गर्नबाट नरोक्ने स्पष्ट पारेकी हुन्।

पार्टीका निर्णयहरू आफूले सञ्चारमाध्यमबाट थाहा पाउनुपरेको भन्दै उनले पारदर्शिता र संवादको आवश्यकता औँल्याइन्। ूपार्टीका निर्णयहरू म सञ्चार माध्यमबाट थाहा पाउँछु, तर मेरो निर्णयबाट म कहिल्यै विचलित हुनेछैन,ू भण्डारीले भनिन्। उनले कार्यकर्ताहरूलाई पार्टीको मूल विचार र सिद्धान्तमा दृढ रहन पनि आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार