बागमती प्रदेशका चार कांग्रेस मन्त्रीले दिए राजीनामा

२०८२ श्रावण ९, शुक्रबार १६:२० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री बहादुरसिंह लामासहित आठ जना कांग्रेसबाट सहभागी थिए । राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि चार जनाले राजीनामा दिएको कांग्रेस स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार