ज्योति विकास बैंकको १७औं वार्षिकोत्सवमा नयाँ डिजिटल सेवा र सामाजिक कार्यको घोषणा

२०८२ श्रावण ९, शुक्रबार १५:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा एआई च्याटबट ‘ज्योति’ र अन्तरबैंक नगद झिक्न मिल्ने ‘टेलर क्यूआर’ सेवा सुरु गरेको छ। शुक्रबारदेखि १८औं वर्षमा प्रवेश गरेको बैंकले ग्राहक सेवालाई डिजिटल र सहज बनाउन यी सेवाहरू ल्याएको हो।

यसका साथै, बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोषमार्फत तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा सप्तरीमा निःशुल्क आँखा शिविर र राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा दुर्गम क्षेत्रमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर जडान गर्ने घोषणा गरेको छ। यी कार्यक्रमहरूले बैंकको सामाजिक प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार